२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

गणतन्त्र दिवसको अवसरमा ‘नेपाल डे परेड’ मनाइँदै

गणतन्त्र दिवसको अवसरमा ‘नेपाल डे परेड’ मनाइँदै

न्युयोर्क : अमेरिकाको न्यूयोर्कमा नेपाली गणतन्त्र दिवसको अवसरमा ‘नेपाल डे परेड’ मनाइने भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवसको अवसरमा ‘नेपाल डे परेड’ मनाउन लागिएको हो।

गैर-आवासीय नेपाली संघ अमेरिका, न्युयोर्क शाखाको नेतृत्व तथा डायस्पोराका संघ-संस्थाको संयुक्त सहकार्यमा उक्त कार्यक्रम हुन लागेको एनआरएनए न्यूयोर्क शाखा अध्यक्ष हेमन्त मल्लले जानकारी दिनुभयो।

नेपाली गणतन्त्र दिवसको उपलक्ष्यमा हरेक वर्षझैं यसपालि पनि उक्त कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ। विदेशी भूमिमा चन्द्रसूर्य अंकित आफ्नो देशको राष्ट्रिय झण्डा फरफराउने अवसर मिल्दा सम्पूर्ण नेपालीको मन गर्वले ढक्क फुल्ने शाखा अध्यक्ष मल्लले बताउनुभयो।

मल्लले न्यूयोर्कमा रहनुभएका नेपालीहरुसँग ‘नेपाल डे परेड २०२४’ मनाउन आउन अनुरोध गर्नुभयो। सबै मिलेर यो विशेष दिनलाई सबैको विशेष बनाउनुपर्ने उहाँको भनाइ छ।

उहाँले “नेपाल डे परेड २०२४” का कन्भेनर तेम्बा शेर्पाजीलाई कार्यक्रम सफलताको लागि हार्दिक बधाई तथा शुभकामना समेत दिनुभएको छ।