६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

८ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका लाओसी आप्रवासीलाई १.३ बिलियन डलरको अमेरिकी पावरबल चिट्ठा

८ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका लाओसी आप्रवासीलाई १.३ बिलियन डलरको अमेरिकी पावरबल चिट्ठा

८ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका लाओसी आप्रवासीलाई १.३ बिलियन डलरको अमेरिकी पावरबल चिट्ठा

८ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका लाओसी आप्रवासीले १.३ बिलियन डलरको अमेरिकी पावरबल चिट्ठा जितेका छन्। अमेरिकाको ओरेगन राज्यमा गत महिनाको १.३ बिलियन डलर रासीको अमेरिकी पावरबल चिट्ठा लाओसबाट आएका व्यक्तिले जितेका हुन्।

उनी ८ विगत वर्षदेखि क्यानसर रोगबाट पीडीत छन् र उपचार गराइरहेका सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ। चिट्ठा व्यवस्थापनले उनको तस्बिरसहित नाम सार्वजनिक गरेको छ । पोर्टल्याण्डमा बसोबास गर्ने लाओसमा जन्मेका आप्रवासी ४६ वर्षीय चेंग सेफन बिजेता भएको ओरेगन चिट्ठा अधिकारीहरूले सोमबार उल्लेख गरेका छन्।

विजेता सेफनले सोमबार भएको पत्रकार सम्मेलनमा चिठ्ठाको लागि कृतज्ञ छु भएको बताएका छन्। उनले भने, ‘मैले सबैको आशीर्वाद पाएँ। म मेरो परिवार र मेरो स्वास्थ्यको लागि उचित खर्च प्रबन्ध गर्न सक्षम भएँ। चिट्ठा जितेर मेरो जीवन परिवर्तन भएको छ। अब म मेरो परिवारलाई सहयोग गर्न सक्छु र आफ्नो लागि राम्रो चिकित्सक नियुक्त गर्न सक्छु।’

उनले हालसम्म २० वटा भन्दा बढी टिकटहरू किनेका बताए। उनले खुसी हुँदै भगवानले आफ्नो प्रार्थाना सुनेर आफूलाई जिताएको बताए। ‘मैले मलाई मद्दत गर्न भगवानसँग प्रार्थना गरेको थिएँ। मेरा बच्चाहरू सानै छन् र म त्यति स्वस्थ छैन।’

उनले चिट्ठा रकमबाट ओरेगनमा घर किन्ने योजनामा रहेको बताए । आफूले चिट्ठा खेल्न जारी राख्ने बताउँदै उनले भने, ‘म फेरि भाग्यमानी हुन सक्छु, म खेलिरहन्छु।’

अधिकारीहरूले सेफनलाई कर कटाएर ४२२ मिलियन डलर पुरस्कार रकम हस्तान्तरण गरेका छन्। यो पुरस्कार इतिहासको चौथो ठूलो पावरबल चिट्ठा हो । अमेरिकी चिट्ठा खेलहरूमध्ये यो आठौं ठूलो हो।

सम्बन्धित खबर