६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

टक बहादुर रुवाली बने धादिङ नेपाली समाज अमेरिकाको अध्यक्ष

टक बहादुर रुवाली बने धादिङ नेपाली समाज अमेरिकाको अध्यक्ष

काठमाडौं : धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टक बहादुर रुवाली चयन भएका छन्। धादिङबाट गएर अमेरिका बसोबास गर्नेहरुको संस्था ‘धादिङ नेपाली समाज अमेरिका’को अध्यक्षमा रुवाली चयन भएका हुन्।

नयाँ कार्यसमिति गठन गर्नेमा निर्वाचन प्रमुखका रुपमा रामहरि अधिकारी तथा सदस्यहरु दिवाकर पाण्डे र कुलप्रसाद गौली रहेका थिए ।

उक्त कार्यसमितिले आइतबार रिजवुड नेपाली कम्युनिटी हलमा सम्पन्न भएको संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा धादिङ त्रिपुरासुन्दरीका रुवाली चयन भए भने वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी चयन भएका छन्।

त्यस्तै उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्ल ठकुरी, सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ छानिए। सह-कोषध्यक्षमा हरी गिरी तथा सदस्यहरुमा विक्रम अधिकारी, टेकमान गुरुङ, बुद्धिमान बज्रचार्य, रामचन्द्र उप्रेती, देवेन्द्र गिरी , कुमार ढकाल, रविन विडारी, सन्तोष लम्साल, जनक गुरुङ, सुदेष्ण अधिकारी, उत्तमराज अधिकारी, दिनेश नहर्की चयन भएका छन् ।

धादिङमा सामाजिक क्षेत्रमा योगदान गर्ने उक्त संस्थाको आजीवन सदस्य ९१ जना र साधारण सदस्य ३९५ जना रहेका छन्।