२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

टप शप – काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयलाई खेलकुद सामग्री वितरण गरिँदै

टप शप – काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयलाई खेलकुद सामग्री वितरण गरिँदै

टप शप काठमाडौंको सहयोगमा दिल कुमारी स्मृति फाउन्डेसन मार्फत विद्यालयलाई खेलकुद सामग्री वितरण गर्न लागिएको छ।

बालबालिका तथा युवाहरुको मानसिक , शाररिक तथा बौद्धिक विकासमा खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पक्षलाई मध्यनजर गर्दै विश्व वातावरण दिवसको अवसर पारेर यहि मिति २०८१ जेष्ठ १५ गते धादिङ फुलखर्क गंगाजमुना ५ मा अवस्थित मण्डली माध्यमिक टेक्निकल विद्यालयलाई खेलकुद सामग्री वितरण गर्न लागिएको हो।

पाँच थान मिस्काको भलिबल र केल्मीको जर्सी (पोषाक) लगायत जाली (नेट) एकथान, टिम म्यानेजर (टोली प्रबन्धक), कोच(प्रशिक्षक) र ८ जना खेलाडीलाई गरि जम्मा ११ वटा जर्सी (पोषाक) वितरण गरिने जनाइएको छ।

सामाखुशी स्थित टप शप काठमाडौंका प्रबन्ध निर्देशक हाल संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी लकेश श्रेष्ठले संयुक्त राज्य अमेरिका न्यूयोर्कमा अवस्थित दिल कुमारी स्मृति फाउन्डेसनका अध्यक्ष हाल न्यूयोर्क निवासी समाजसेवी नवराज के.सी मार्फत उक्त सामग्री वितरण गर्न लागिएको हो।