२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दिनेशले हाने ३० सकेन्डमा १३ पटक उल्टी, बनाए १९औं विश्व कीर्तिमान

दिनेशले  हाने ३० सकेन्डमा १३ पटक उल्टी, बनाए १९औं विश्व कीर्तिमान

अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासमा आयोजित पासपोर्ट डिसी कल्चरल इभेन्टमा नेपाली पार्कर दिनेश सुनारले फेरि विश्व कीर्तिमान बनाएका छन्। यो उनको १९औं विश्व कीर्तिमान हो।

द मस्ट ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड विथ ब्लाइन्डफिल्ड’ शीर्षकमा उनले नयाँ विश्व कीर्तिमान बनाएका हुन्। ११ पटक उल्टी गर्दा विश्व कीर्तिमान बन्नेमा उनले ३० सकेन्डमा १३ पटक उल्टी हानेका थिए।

नेपाली राजदूत श्रीधर खत्रीको प्रमुख आथित्यतामा कार्यक्रममा सम्पन्न भएको थियो। यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिन भने बाँकी छ।

दिनेशले यसअघि उल्टी हान्ने विभिन्न शीर्षकमा १८ विश्वकीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्।

कार्यक्रममा नेपाली खानाको स्वाद, नेपाली हस्तकलाका उत्पादन र प्रदर्शनका सबैलाई धन्यवाद दिइएको थियो।

कार्यक्रममा कलाकार तथा स्वयंसेवक उपलब्ध गराउने डान्स सेन्टर, अमेरिका नेपाल सोसाइटी (एएनएस) लाई पनि धन्यवाद दिइयो।

दिनेशले विश्व कीर्तिमान बनाउन पाउँदा र पार्कर खेललाई चिनाउँदै अमेरिका र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन पाउँदा खुसी लागेको बताए।