२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

करिव एक महिना अगाडी बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका मजदुरको शव फेला

करिव एक महिना अगाडी बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका  मजदुरको शव फेला

बाल्टिमोर : अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । एक विशाल मालवाहक पानीजहाज पुलमा ठोकिँदा उक्त २.६ किलोमिटर भत्केको थियो।

उक्त घटनामा वेपत्ता भएका बाल्टिमोरका ३७ वर्षीय होजे मायनोर लोपेजको शव भटिएको अधिकारीहरूले बताएका छन्। उनलाई एकीकृत कमाण्डको उद्धार टोलीले खोजेको बताइएको छ। उक्त घटनामा मारिएका छ जना निर्माण कार्यकर्ता मध्य लोपेज एक थिए। उनले घटनाको बेला पुलको खाल्डाहरूको मर्मत गर्दै थिए । घटनाका बेला अन्य दुई जना मजदुर बाँच्न सफल भएका थिए ।

दुर्घटनामा मारिएका अन्य व्यक्तिहरूमा अलेजान्ड्रो हर्नान्डेज फुएन्टेस, डोर्लियन रोनियाल कास्टिलो क्याब्रेरा, मेनर यासिर सुआजो-स्यान्डोभल, कार्लोस डेनियल हर्नान्डेज एस्ट्रेला र मिगुएल एन्जल लुना गोन्जालेजको शव फेला पारि सकिएको र सबै शवको पुष्टी भैसकेको संचार माध्यमले जनाएका छन्।