२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकाको क्यानसस सिटी शहरमा एक वृद्धले गरे आफ्नै श्रीमतीको घाटी थिचेर हत्या

अमेरिकाको क्यानसस सिटी शहरमा एक वृद्धले गरे आफ्नै श्रीमतीको घाटी थिचेर हत्या

अमेरिकाको मिजौरी राज्यको क्यानसस सिटी शहरमा ७५ वर्षीय रोनी विग्स नामका बृद्धले अस्पतालमा श्रीमतीको खर्च धान्न नसक्ने भए पछि हत्या गरेको स्वीकार गरेका छन ।

हत्याको अभियोग लागेका उनले पत्नीको अस्पतालको बिल तिर्न नसक्ने भए पछि श्रीमतीको घाटी थिचेर हत्या गरेको सोधपुछका क्रममा प्रहरीलाई बताएका थिए।

उनलाई हत्याको आरोपमा अदालत उपस्थित गराईएको थियो। उनलाई २ लाख ५० हजार डलरको जमानत सहित बिहीबारको लागि सुनुवाई तय गरिएको छ ।