सर्वोच्च अदालतको चियापान कार्यक्रममा, राष्ट्रपति, प्रधानमन्त्री सहित ,उच्चपदस्थ व्यक्तित्व सहभागि
- २६ बैशाख २०८१
- १ मिनेटको पढाई
काठमाडौँ । कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गरेका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।