६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

अमेरिकाको न्युयोर्कमा भयो कुन्ती थापाको फेसबुकको मान्छेको परिचय

अमेरिकाको न्युयोर्कमा भयो कुन्ती थापाको फेसबुकको मान्छेको परिचय

अनेसास न्युयोर्क च्याप्टरद्वारा आयोजित शुभकामना कार्यक्रममा फेसबुकको मान्छे पुस्तक विमोचन भएको छ। साहित्यकार कुन्ती थापाले लेख्नु भएको उपन्यास फेसबुकको मान्छे पुस्तकलाई डा.गोबिन्द कोईरालाले विमोचन गरेका हुन्।

अनेसास न्युयोर्क च्याप्टरकि अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योति पौडेलको प्रमुख आथित्यता रहेको थियो। च्याप्टरका कोषाध्यक्ष सृजना लामा र अन्य सदस्यले कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

संजय थापा लुईसांग वाईवा, सकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, बिष्नु बैजु, सारदा क्षत्री, लक्ष्मी थापा, पुनम पान्डे, बिकाश बिष्ट, पुनम काफ्ले, बेदा खरेल लगायतका सर्जकहरुले राजनीतिज्ञ तथा समाजसेवी अनेसास न्युयोर्क च्याप्टरको संस्थापक कुन्ती थापालाई बधाई तथा शुभकामना दिएका थिए।

च्याप्टरको अध्यक्ष लक्ष्मी श्रेष्ठले साहित्य क्षेत्रमा कुन्ती थापाले गर्नु भएको योगदानको कदर गर्दै प्रशंसा सम्मानपत्र द्वारा सम्मान गरेकि थिइन। च्याप्टरले विभिन्न क्षेत्रमा सेवामुलक कार्यक्रम तथा सष्टा एवं प्रतिभा सम्मान गर्दै आएको छ्।