३० चैत्र २०८१, शनिबार
12 April 2025, Saturday

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो

काठमाडौ‌। बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।