२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

टेक्सासमा अज्ञात समुहबाट अन्धाधुन्ध गोली प्रहार, बालबालिका सहित ५ जना घाइते, अबस्था चिन्ताजनक

टेक्सासमा अज्ञात समुहबाट अन्धाधुन्ध गोली प्रहार, बालबालिका सहित ५ जना घाइते, अबस्था चिन्ताजनक

बुधबार राति टेक्सासको सान एन्टोनियोमा रहेको एक निवासमा अज्ञात समुहबाट गोली प्रहार हुदा तीन बालबालिका सहित पाँच जना गम्भिर घाइते भएका छन्। १० वर्ष मुनीका ३ बालबालिका भने दुई वयस्क रहेको एक अधिकारीले स‌‌ञ्चार माध्यमलाई जानकारी दिएका छन्।

घटना स्थानिय समय अनुसार बेलुका करिव ७स्४० बजे घटेको जनाइएको छ।
पुलिस अधिकारी घटना स्थल पुग्दा ४ वर्षका बालक सहित पाँच जनालाई गोली लागेर छटपटिएको अबस्थामा भेटेका थिए। घाइतेहरूलाई सान एन्टोनियो सैनिक मेडिकल सेन्टरमा लगी उपचार गरिएको बताइएको छ।

अज्ञात समुहले के कारणले गोलि प्रहार गरे भन्नेकुरा अझै खुल्न सकेको छैन।

अर्ध-स्वचालित राइफलहरू प्रयोग गरेर अज्ञात समुहले २०-२५ राउण्ड गोली प्रहार गरे लगत्तै घटनास्थलबाट फरार भएको र खोजिकार्य भइरहेको प्रहरी अधिकारीहरु बताउछन् ।