संयुक्त राष्ट्र संघको महासभाद्वारा प्यालेस्टाइनको संयुक्त राष्ट्र संघको सदस्यताको प्रश्तावलाई समर्थन
- २९ बैशाख २०८१
- १ मिनेटको पढाई
न्युयोर्क : संयुक्त राष्ट्र महासभाले शुक्रवार प्यालेस्टिनीलाई संयुक्त राष्ट्रको पूर्ण सदस्य बन्नको लागि योग्यताको रूपमा मान्यता दिँदै र सुरक्षा परिषद्लाई यस विषयमा अनुकुलताका साथ पुनर्विचार गर्न सिफारिस गर्दै समर्थन गर्ने प्रश्ताव पारित गरेको छ। महासभाले प्यालेस्टाइनको पूर्ण सदस्यतालाई भारी बहुमतले समर्थन गरेको हो।
प्रश्तावको पक्षमा १४३ मत र अमेरिका र इजरायलसहित ९ विपक्षमा र २५ देशले भाग लिएका थिए। चीनले प्रश्तावको पक्षमा मतदान गरेको थियो। प्रश्तावले प्यालेस्टाइन राज्य सदस्यताका लागि योग्य रहेको बताएको छ। संयुक्त राष्ट्रसंघका लागि साउदी अरेबियाका स्थायी प्रतिनिधि अब्दुलअजीज अलवासिलले प्रश्तुत गरिएको प्रश्ताव पूर्णरूपले मिल्दोजुल्दो रहेको बताए।
अन्तर्राष्ट्रिय समुदायको इच्छालाई कार्यान्वयन गर्न र मध्यपूर्वमा साँचो शान्ति स्थापना गर्न योगदान पुर्याउन खोजेको बताए। अमेरिकाले गत महिना संयुक्त राष्ट्र सुरक्षा परिषद्मा यस्तै प्रस्तावलाई भिटो गरेको थियो। संयुक्त राष्ट्र संघको सदस्यता सम्बन्धी निर्णय सुरक्षा परिषद्ले मात्र लिन्छ।
अमेरिकाले प्यालेस्टाइनको सदस्यता प्रस्तावलाई फेरि भिटो गर्ने विश्वास गरिएको छ । तर शुक्रबारको महासभामा प्राप्त भएको समर्थनलाई विश्वमा प्यालेस्टिनीप्रति बढ्दो समर्थनका रूपमा हेरिएको छ ।
हाल प्यालेस्टिनी भूभाग संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र होइन तर पर्यवेक्षक राष्ट्र हो। इजरायली विदेशमन्त्रीले संयुक्त राष्ट्र संघको महासभाको निर्णयलाई ‘बेतुकको निर्णय’ भनेका छन् ।