रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित
- २९ बैशाख २०८१
- १ मिनेटको पढाई
किएभ – मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरूबाट सयौँ मानिसलाई विस्थापित गरिएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् ।
गभर्नर ओलेग सिनेगुबोभले सामाजिक सञ्जालमार्फत कूल एक हजार सात सय ७५ लाई सुरक्षित स्थानमा सारिएको र पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० वटा बस्तीमा रुसी तोपखाना र मोर्टार आक्रमण भएको उल्लेख गरे ।