६ कार्तिक २०८३, शुक्रबार
23 October 2026, Friday

अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा

अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा

ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाएइको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०:३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्र्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो ।

आपत्कालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको अपडेट गरेका छन् ।

गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले भन्नुभयो । उनले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराए।

समाचार तस्बिरहरूले रेलको डिब्बा एक छेउमा खोलिएको र रेलवे पुलको धातु रेलिङहरूमा झुकेको देखाएको छ । यो यात्रु वा मर्मतसम्भार ट्रेनको गाडी हो भन्ने स्पष्ट थिएन ।