नेपालले विश्वकपअघि ७ खेल खेल्दै,तालिका सार्वजनिक नगरेपनि अमेरिका र क्यानडासँग खेल्ने चर्चा
- २९ बैशाख २०८१
- १ मिनेटको पढाई
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ ।
विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा छ ।
फ्लोरिडामा समय र वातावरणसँग घुलमिल गरिरहेको टोली टोली आइतबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गदैछ । नेपालले विश्वकपको समूह चरणमा पछिल्लो २ खेल त्यसै स्थानमा खेल्नेछ ।
नेपालले त्यहाँ पुगेर सेन्ट भिन्सेन्ट एण्ड विन्डवार्डको मिक्स टिमसँग ३ खेल खेल्नेछ । १४, १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्था गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।
नेपाले २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ । हालसम्म आइसीसीले तालिका सार्वजनिक नगरेपनि नेपालले अमेरिका र क्यानडासँग खेल्ने चर्चा छ ।