२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

अफगानिस्तानमा भीषण बाढी, ८० जनाको मृत्यु

अफगानिस्तानमा भीषण बाढी, ८० जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण कम्तीमा ८० जनाको मृत्यु भएको छ । बाढीका कारण सयौं घाइते भएका छन् ।

तालिवानका प्रवक्ताले ठूलो संख्यामा मानिस मारिएको बताएका छन् । यद्यपि उनीहरुले मृत्यु हुनेको संख्या भने सार्वजनिक गरेका छैनन् ।

संयुक्त राष्ट्र संघले पनि यसबारे जानकारी दिएको छ । सबैभन्दा बढी बाघलान प्रान्तमा मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘बाघलान प्रान्तमा बाढीका कारण पाँच जिल्ला प्रभावित भएका छन्। सयौं मानिस बाढीमा फसेका छन् र उनीहरूलाई तत्काल सहयोगको आवश्यकता छ।’

गृह मन्त्रालयले भन्यो, ‘शुक्रबार राति दुईवटा हेलिकप्टर मद्दतका लागि पठाइएको थियो तर प्रकाश कम भएकाले सहायता सञ्चालन हुन सकेन।’

बाढीका कारण करिब दुई हजार घर, तीन मस्जिद र चार विद्यालयमा क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

पीडित परिवारलाई खाद्यान्न र कम्बल उपलब्ध गराइएको अधिकारीहरुले बताएका छन् ।