१८ मंसिर २०८१, मङ्लबार
3 December 2024, Tuesday

अविनाशको ‘लोरी’ अमेरिकाको ‘इण्डियन फिल्म फेस्टिभल’मा छनोट

अविनाशको ‘लोरी’ अमेरिकाको ‘इण्डियन फिल्म फेस्टिभल’मा छनोट

सर्ट फिल्म ‘लोरी’बाट कान्समा जुरी मेन्सन अवार्ड जित्न सफल अविनाशविक्रम शाहको नयाँ फिल्म सनडान्सको स्क्रिप्ट ल्याबमा छनौट भएको छ । सन्डान्स इन्स्टिच्युटले मंगलबार सन् २०२३ को निर्देशन तथा पटकथाको ल्याबमा छनौट भएका फिल्मकर्मीको सूची सार्वजनिक गरेको हो । यसमा अविनाशको नयाँ फिल्म ‘एलिफेन्ट इन दि फग’ स्क्रिनराइटर्स ल्याबमा छनौट हुन सफल भएको हो ।

स्क्रिन राइटर्स ल्याब जुनको २० देखि २३ सम्म अनलाइन चल्नेछ । अनलाइन सेसनमा विज्ञहरूले कथा वाचन र पटकथा लेखनमा रचनात्मक सुझावहरू दिनेछन् ।

नेपाल र फ्रान्सको सहनिर्माणमा तयार भएको अविनाशको ‘एलिफेन्ट इन दि फग’ले चितवनको पृष्ठभूमिमा ट्रान्सजेन्डर महिलाको कथा भन्छ । समलिंगीे समुदायको नाइके मानिने पिरती आफूले मनपराएको मान्छेसँग साधारण जीवन बिताउने सपना देखिरहेकी हुन्छे । तर एक दिन अचानक समुदायको एक सदस्य गायब हुन्छे । पिरतीले आफ्नो स्वार्थ हेरेर प्रेमीसँग जीवन बिताउने कि समुदायका लागि लड्ने दुविधाको कथा फिल्मले प्रस्तुत गर्छ ।

सर्ट फिल्म बनाएर सार्क फिल्म फेस्टिभलदेखि अन्य धेरै ठूला फेस्टिभलमा अवार्ड जितेका शाहको यो अर्को फिचर फिल्म हो । उनले नै लेखेको ‘झ्यालिन्चा’ले पनि विदेशबाट फन्डसहित केही ल्याबमा जाने मौका पाएको थियो । तर यो फिल्म सुटिङमा भने जान सकेको छैन । अमेरिकामा प्रतिष्ठित मानिने सनडान्स इन्स्च्यिुटले हरेक साल सनडान्स फिल्म फेस्टिभलको पनि आयोजना गर्ने गरेको छ ।