अमेरिकामा ‘तेलभिसा’को छायांकन गर्दै विपिन र वर्षा
- ३१ बैशाख २०८१
- १ मिनेटको पढाई
काठमाडौं : अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत अमेरिकामा आगामी फिल्म ‘तेलभिसा’को छायांकन सुरु गरेका छन्। यो फिल्मको शुभसाइत शुक्रबार गरिए लगत्तै मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट छायांकन सुरु भएको हो ।
छायांकनको निर्देशन शंकर घिमिरे तथा सुसन प्रजापतिले छायांकन गरिरहेका छन्। फिल्मको छायांकन अमेरिकाका एक महिना चल्ने बताइएको छ । वेलडन क्रिएसनको व्यानरमा यो फिल्मको निर्माण भइरहेको छ । सिनेमाको ७० प्रतिशत छायांकन अमेरिकामा र बाँकी नेपालमा हुने जनाइएको छ ।
सिनेमामा विपिन र वर्षासहित ऋचा घिमिरे तथा गौरी मल्ल पनि मुख्य भूमिकामा छन्।
विपिन र वर्षाको पछिल्लो सिनेमा‘महाजात्रा’ सुपरहिट भएको छ। सिनेमाहलहरुमा चलेको सोमबार ५३ दिन भएको यो सिनेमालेबक्स अफिसमा उत्कृष्ट कमाइ समेत गरेको छ। फिल्ममा यी विपिन र वर्षाको अभिनयलाई निकै रुचाइएको छ।