किक्रेटर सन्दीप लामिछानेले पाए उच्च अदालतबाट सफाइ
- ०२ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : क्रिकेट खेलाडी सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन्।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।