७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या

सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या

मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् ।

उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर आत्महत्या गरेको बताइएको छ ।
उनी सचिन तेन्दुलरको घरमा सुरक्षाकर्मीका रुपमा तैनाथ रहँदै आएका थिए । उनले ८ दिनको बिदामा आफ्नो घर गएको बेला आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशले के कारणले आत्महत्या गरेको हो भन्ने खुल्न नसकेको प्रहरी अधिकारीले जनाएका छन् । उनको शव परीक्षणका लागि पठाइएको छ । प्रहरीले उनको परिवारका सदस्यसँग सोधपुछ गरिरहेको छ ।