२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

कोपा इटालियाको उपाधि युभेन्टसले जित्यो

कोपा इटालियाको उपाधि युभेन्टसले जित्यो

काठमाडौं : युभेन्टसले कीर्तिमानी १५ औं पटक कोपा इटालियाको उपाधि जितेको छ।

तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई १–० गोल अन्तरले पराजित गरेको हो। रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको एक मात्र गोल युभेन्टसलाई च्यम्पियन बनाउन पर्याप्त भयो।

एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले १२ यार्डको दूरीबाट खेलको निर्णायक गोल गरेका थिए। सर्बियन स्ट्राइकर क्याम्बि–यासोले गरेको प्रहार अफसाइड भएपछि त्यसले गोलको मान्यता पाउन सकेको थिएन। एटलान्टाका एडेमोला लुकम्यान र युभेन्टसका फाबियो मिरेट्टीको प्रहार बारमा लागेर फर्कियो।

कीर्तिमानी पाँचौ कोपा इटालिया जितेका युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई खेलको अन्त्यतिर रातो कार्ड देखाईपछि उनले टचलाईन छोड्नु परेको थियो।

यस नतिजापछि सन् १९९३ मा पहिलो पटक कोपा इटालियाको ट्रफी जितेको एटलान्टा यस पटक पनि उपाधि जित्नबाट चुक्यो।

एटलान्टालाई अर्को हप्ता लेभरकुसेनविरुद्ध डब्लिनमा हुने युरोप लिग जित्दै उपाधिको खडेरी तोड्ने अर्को अवसर भने छ।