१ बैशाख २०८२, सोमवार
14 April 2025, Monday

पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ : प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ। वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरेको जानकारी दिए। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ।

गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए। चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएको समितिले जनाएको छ।