६ कार्तिक २०८३, शुक्रबार
23 October 2026, Friday

इजरायली सेनाले गरे गाजामा आफ्नै ५ सैनिकको हत्या

इजरायली सेनाले गरे गाजामा आफ्नै ५ सैनिकको हत्या

इजरायली सेनाले इजरायली ट्याङ्कको आक्रमणमा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी गाजामा भएको हो ।

जबलिया शरणार्थी शिविरमा इजरायली सेनाका दुई ट्याङ्कले गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इजरायली सेना हमास लडाकुहरूको पुन: संगठित समाचारका कारण यस ठाउँमा गएको थियो।

यस क्षेत्रका हजारौं प्यालेस्टिनीहरू बमबारीका कारण आफ्नो घर छाड्न बाध्य छन्।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो ।

यसको जवाफमा इजरायलको सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।