२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो १.१५ मा बस्ने

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो १.१५ मा बस्ने

काठमाडौंः राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।