गाजामा मानवीय सहायताका लागि अमेरिकाले बनायो अस्थायी बन्दरगाह
- ०४ जेष्ठ २०८१
- १ मिनेटको पढाई
अमेरिकाले गाजामा मानवीय सहायताका लागि अस्थायी बन्दरगाह निर्माण गरेको छ। गाजामा बढ्दो भोकमरी र मानवीय संकटमा सहयोगका लागि अमेरिकाले तटीय क्षेत्रमा तैरिने अस्थायी बन्दरगाह निर्माण गरेको हो, जहाँ अमेरिकाले ठूला कार्गो जहाजमार्फत् खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेछ ।
अमेरिकाले अस्थायी संरचना तयार भएको घोषणा गर्दै अब तत्कालै मानवीय सहायता सुरु हुने जानकारी गराएको समाचार एजेन्सी एपीन्यूजले जनाएको छ।
उसले संयुक्त राष्ट्र संघ मार्फत् सहयोग सामग्री उपलब्ध गराउने भएको छ । यसअघि अमेरिकाले गाजमा सेनाको जहाजमार्फत खाद्यान्नसहित अत्यावश्यक वस्तु खसालेको थियो ।
त्यस क्रममा जहाजबाट खसालिएको सामानसहितको प्यारासुट नखुलेपछि सहयोग पर्खिरहेका केही व्यक्तिको मृत्यु भएको थियो। यो घटनापछि अमेरिकाले समुद्री तटमा अस्थायी संरचना बनाएर जलमार्ग हुँदै राहत सामग्री पुर्याउन लागेको हो । गाजामा झण्डै २३ लाख मानिसलाई अत्यावश्यकीय मानवीय सहायताको आवश्यकता छ।