जनकपुर-जयनगर रेल भोलिदेखि तीन दिन बन्द
- ०४ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिन बन्द रहने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्त जारी गरी भोलिदेखि जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका हुन्।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते लोकसभाको निर्वाचन हुँदैछ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिने विज्ञप्तिमा उल्लेख छ।