खुद्रा चोरी रोक्न न्यूयोर्क प्रहरीले खुद्रा पसलका सीसीटीभीमाथि सिधैं पहुँच पाउने प्रणाली प्रयोग गर्दै, यस प्रणालीले कसरी काम गर्छ ?
- ०५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : यो वर्ष न्यूयोर्क सहरभरि खुद्रा सामानको चोरीका घटनामा वृद्धी देखिएको छ। सन् २०२३ को पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा यस्तो प्रकारको चोरीमा ५ % को वृद्धि भएको न्युयोर्क प्रहरी विभागले जनाएको छ।
प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार २०२४ मा २१,००० भन्दा बढी खुद्रा सामान चोरीका घटनाहरू दर्ता भएका छन्। यस चोरीको वृद्धिसँग जुध्न न्यूयोर्क सहरका मेयर एरिक एडम्सले एक पायलट कार्यक्रम विस्तारको घोषणा गरेका छन्। यस कार्यक्रममा प्रहरीले व्यवसायीहरूको सीसीटीभी क्यामेरामाथि सिधा पहुँच पाउन सक्ने व्यवस्था पनि समावेश छ।
यस कार्यक्रम अन्तरगत शहरका अधिकारले एक प्लेटफर्म निर्माण गरिरहेको छन्, जसले निश्चित व्यवसायीहरूलाई तिनका सीसीटीभीले खिचेका भिडियो जानकारी सिधैं न्युयोर्क प्रहरी विभागसँग साझा गर्न र सो विभागको प्रणालीसँग जोड्नेछ। प्रहरी अधिकारीका अनुसार यसका लागि व्यवसायीलाई बाध्य भने बनाइने छैन, यसमा सहभागी हुने वा नहुने भन्ने विकल्प व्यवसायीहरूले छनौट गर्न पाउनेछन्।
त्यस्तै यस नयाँ कार्यक्रममा हिस्सा लिनको लागि व्यवसायीहरुले शुल्क पनि तिर्नु पर्दैन। त्यसबाहेक आफ्ना सीसीटीभी क्यामेराहरूमाथि न्युयोर्क प्रहरीले २४ सैं घन्टा पहुँच दिन नचाहने सान व्यवसायीले कुन समय अनुकूल लाग्छ, त्यति समयका लागि मात्र पहुँच दिन पनि सक्छन्। न्युयोर्क प्रहरी विभागका कमिस्नर एडवर्ड काबानले यस प्रणाली संचालनमा आएपछि पुलिसहरु थप छिटो अपराधसँग लड्न सक्षम हुने बताए। यो उच्च प्रविधियुक्त कार्यक्रम न्युयोर्कको क्वीन्स क्षेत्रबाट सुरु भएको गियो। अहिले महानगरले १५ लाख डलर लगानी गरेर यस कार्यक्रमलाई सहरका थप नौवटा क्षेत्रमा विस्तार गर्न लागेको हो।