२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकी सेनाले समुद्री मार्गबाट गाजामा सहायताको पहिलो खेप पुर्‍यायो

अमेरिकी सेनाले समुद्री मार्गबाट गाजामा सहायताको पहिलो खेप पुर्‍यायो

अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको छ। अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् ।

गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहने अमेरिकाले जनाएको छ। समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय सहायता भएको उसको भनाइ छ।

संयुक्त राष्ट्रले भने समुद्री मार्गभन्दा भूमि मार्गहरू अर्थात सडकद्वारा वितरित सहायता छिटो र अधिक प्रभावकारी रूपमा पुग्न सक्ने जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ । बीबीसी