२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

जलवायु अभियानकर्मीको विरोध हुँदा म्युनिक विमानस्थल अवरुद्ध

जलवायु अभियानकर्मीको विरोध हुँदा म्युनिक विमानस्थल अवरुद्ध

जर्मनीको म्युनिक सहरमा जलवायु परिवर्तनका बारेमा सचेतना गराउने अभियानकर्मीहरुको प्रदर्शनीका कारणले विमानस्थल अवरुद्ध भएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार शनिबार एकाबिहानै यस्तो घटना भएको हो । जलवायु नीतिको विरोध गरिरहेका जर्मनीका लास्ट जेनेरेसन मोभमेन्ट अर्थात अन्तिम पुस्ता आन्दोनलले विमानस्थल अवरुद्ध गरेको हो ।

विमानस्थलका प्रवक्ताले अभियानकर्मीहरुले ट्याक्सी वे बन्द गरेकाले सुरक्षाको कारणले विमानस्थल अवरुद्ध भएको बताएका छन् । विमानस्थल अवरुद्ध भएपछि कतिपय उडान रद्ध त कतिप उडानहरु डाइभर्ट गरिएको थियो ।