बुवाजस्तै भिलेन बन्न चाहन्थिन् सोनाक्षी
- ०५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
एजेन्सी । सोनाक्षी सिन्हा हिजोआज आफ्नो वेब सिरीज हीरामन्डीलाई लिएर चर्चामा छन् । हीरामन्डीले ओटीटीमा राम्रो चर्चा पाइरहेको छ । साथमा यो एक हप्ताभित्र सबैभन्दा धेरै हरिएको हिन्दी सिरिज बन्नसमेत सफल भइसकेको छ ।
यस सिरीजमा सोनाक्षीले फरदीन नामकी नकारात्मक पात्रको भूमिका निर्वाह गरेकी छन् । सोनाक्षीले नकारात्मक भूमिकालाई लिएर ठूलो कुरा भनेकी छन् । उनले भनिन्, “मलाई फरदीनको भूमिकामा प्रस्ताव गर्नेबित्तिकै म एकदमै उत्साही थिएँ ।”
सोनाक्षीले अगाडि भनिन्, “म सधैं भिलेनको रोल गर्न चाहन्थे । जसलाई मेरा बुवाले सुरुवात गर्नुभएको थियो । जब म ठूली हुँदै थिएँ मैले फिल्म हेर्दिनथेँ । मलाई खेल्न एकदमै मन पथ्र्यो । मलाई अभिनयमा नै खासै रूची थिएन ।”
उनको भनाईअनुसार सुरुवाती दिनहरूमा उनले आफ्ना बुवाका मात्र केही फिल्महरू हेरेकी थिइन् । त्यसैले पनि उनलाई बुवाले जसरी नै काम गर्ने इच्छा हुन्थ्यो । सोनाक्षीले करीब २५० फिल्महरूमा काम गरिसकिन् । जसलाई उनले अहिले हेर्ने गर्छिन् ।