६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

इटालीतर्फ गएका तेईस ट्युनिसियाली आप्रवासी समुद्रमा बेपत्ता

इटालीतर्फ गएका तेईस ट्युनिसियाली आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका छन् ।

ट्युनिसियाली नेसनल गार्डले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ मे ३ मा अबेर राति उत्तरपश्चिमी प्रान्त नाबुलको कोरबाको तटबाट अवैध रूपमा इटाली प्रवेश गर्ने प्रयास गरेका तर सुरक्षा गार्डको अवरोधपछि समुद्रमा अलपत्र परेका २३ जना ट्युनिसियाली आप्रवासीको एक समूहको परिवाससँगको सम्पर्क टुटेको पिडित परिवारका सदस्यले जनाकारी गराएका छन् ।

पारिवारिक श्रोतका अनुसार मे १४ र १५ देखि २३ जनाको समूहमा रहेका उनीहरू परिवारको सम्पर्कबाट टाढिएका हुन् । उनीहरूको अवस्थाबारे जानकारी गराउन वेपत्ताजनका आफन्तहरूले अन्तर्राष्ट्रिय आप्रवासनमामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्गठनलगायतका अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूसँग अपील गरेका छन् ।

“इटालीको साम्द्रिक सुरक्षा गार्डले बेपत्ता अवैध आप्रवासीको खोजी कार्य जारी रहेको तर उनीहरूको अवस्थाबारे लामो समयसम्म जानकारी प्राप्त हुन नसकेको बताएको छ ।

यसैबीच, ट्युनिसियाली सुरक्षा एकाइहरूले गैरकानुनीरूपमा आप्रवासनमा पठाउन सम्लग्न रहेको आरोपमा पाँच व्यक्तिलाई पक्राउ गरेका छन् । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया युरोपमा अनियमित प्रवेश गर्न चाहने आप्रवासीहरूको लागि मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली तटबाट अवैध आप्रवासन रोक्न ट्युनिसियाली अधिकारीहरूले कडा कदम चालेको भएपनि ट्युनिसियाका लागि यो समस्या बढ्दो चुनौतीका रूपमा देखिएको छ ।