इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त
- ०७ जेष्ठ २०८१
- १ मिनेटको पढाई
इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिमसहित मन्त्रीहरू अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर गएरातिदेखि हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।
हेलिकप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत सवार थिए ।
हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको समाचारमा उल्लेख छ । इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ, मौसमका कारण घटनास्थलकाेअवस्था कठिन छ ।