२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

लण्डन–सिङ्गापुर उडान टर्ब्युलन्सका कारण एक जनाको मृत्यु

लण्डन–सिङ्गापुर उडान टर्ब्युलन्सका कारण एक जनाको मृत्यु

लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको  एक विमान आँधीको चपेटामा परेपछि एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार हावा आँधीलाई एयर टर्ब्युलेन्स भनिन्छ र धेरै पटक यात्रु विमानहरू त्यसमा फसेर क्षतिग्रस्त हुन्छन् । यो पनि विमान एयर टर्ब्युलेन्समा फसेको घटना हो ।

यो विमान एयर टर्ब्युलेन्समा फसेपछि बैंकमा अवतरण गराइएको एयरलाइन्सले जानकारी दिएको छ । उक्त बोइङ ७७७-३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको एयरलाइन्सले जनाएको छ ।

सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।