१८ मंसिर २०८१, मङ्लबार
3 December 2024, Tuesday

न्यूयोर्कको म्यानहटनमा ‘नेपाल डे परेड’ सम्पन्न

न्यूयोर्कको म्यानहटनमा ‘नेपाल डे परेड’ सम्पन्न

न्यूयोर्क : अमेरिकाको न्यूयोर्क शहरको म्यानहाटनमा नेपाल डे परेड सम्पन्न भएको छ। आइतबार भएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्कने भेषभुषा तथा संगीतहरु प्रदर्शन गरिएको थियो।

कार्यक्रममा नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा उपस्थित भएका थिए। साथै उनीहरुले पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलो लगायतका प्रस्तुति दिएका थिए। परेड डे मा नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने सांगितिक प्रस्तुति पनि रहेको थियो।

शहर परिक्रमापश्चात आयोजना सभाको आयोजना गरिएको थियो। उक्त सभामा नेपाली महावाणिज्य दुतावास न्यूयोर्ककी वाणिज्य दुत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा न्यूयोर्क शहरका मेयर एरिक एडम्स र अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमरको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा न्यूयोर्क राज्यका सांसद स्टेभन रागाका साथै स्थानीय जनप्रतिनिधिहरु पनि आएका थिए।

कार्यक्रमको मुख्य आयोजक गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टर हो। साथै स्थानीय नेपाली संघसंस्थाको पनि सहकार्य रहेको थियो।

परेडका अध्यक्षता हेमन्त मल्लले गरेका थिए। कन्भेनरको जिम्मेवारीमा ई. टेम्बा शेर्पा रहेका थिए। कार्यक्रमको आर्थिक संयोजकका रुपमा दिनदयाल भण्डारीले जिम्मेवारी सम्हालेका छन्।

नेपाल डे परेड नेपालको गणतन्त्र दिवसको आसपास पारेर सन् २०१६ देखि मनाउन थालिएको हो।


कार्यक्रममा विशेष आतिथिका रुपमा न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्य दुत संगीता न्यौपानेल रहेका थिए।

२५ सय बढी नेपाली एवं नेपाली मूलका मानिसहरुको उपस्थिति रहेको कार्यक्रमले नेपालबाट बाहिर गए पनि नेपालीहरुबीचको एकता अपनत्व कायम रहेको देखाएको छ।