६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

३७ लाखमा बिक्री भयाे चराकाे प्वाँख

३७ लाखमा बिक्री भयाे चराकाे प्वाँख

न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ अमेरिकी डलरमा लिलामी भएको छ। नेपाली रुपैयाँमा यसकाे मूल्य ३७ लाख ८९ हजार ६९१ पर्न जान्छ।

लिलामी गर्ने कम्पनीले ३ हजार अमेरिकी डलरसम्म पाउने अपेक्षा गरेकाे तर यसले पुराना रेकर्ड ध्वस्त भएको बताएको छ।

यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो। जनजातिले आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे। साथै प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो।

न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो। दुई–तीन दशकअघि पनि हुइया चरा देखिएकाे बताइन्छ।

यो चरा आफ्नो हाम फाल्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ।