कर्मले चिनिएका शिवन
- १० जेष्ठ २०८१
- १ मिनेटको पढाई
मोडल तथा निर्देशक शिवन पोखरेल नेपाली सांगीतिक क्षेत्रमा चिनिएको नाम हो। ‘फूलमा माउरी’, उही मुलाको सिन्की उही मुलाको चाना’, ‘मलाई बासुरीले रुवायो’, ‘यहाँ मलाई सन्चो छैन’, ‘मर्ने बेला सबैले’, ‘तिम्लाइ सन्चो छैन भन्ने खबर मैले पाएँ’लगायत उनलाई चिनाउने सिर्जना हुन्। उनले अहिलेसम्म करिब एक हजारभन्दा बढी म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेका छन्। कुनै समय रञ्जिता गुरुङसँगको जोडीले सांगीतिक क्षेत्रमा चकलेटी नायकका रुपमा एकछत्र राज गरेका थिए।
गीत संगीत र अभिनयमा विगत २० वर्षदेखि क्रियासिल पोखरेल उदयपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन्। सानैदेखि नृत्य र अभिनयमा उनको रुची थियो। विद्यालयमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा प्रथम भइरहन्थे। उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि अभिनयमा सक्रिय भए। अभिनय र नृत्य गर्न सिपालु उनले आफै नृत्य तथा अभिनय प्रशिक्षण विद्यालयसमेत सञ्चालन गरे।
उनले नेपाली चलचित्र सिकारीमा पहिलो पटक प्रमुख भूमिकामा अभिनय गरे। सो चलचित्रमा पुजना प्रधानसँगको जोडीमा सबैले रुचाएका थिए। त्यसपछि एकपछि अर्को म्युजिक भिडियो र चलचित्रमा काम गर्ने मौका पाए। उनले अभिनय गरेका चलचित्रमा ‘नमस्ते डोल्पा’, ‘तिरस्कार’, मेरो जीवन साथी हुन् भने म्युजिक भिडियोमा एकछत्र राज गरेका थिए।