२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

‘डज’ मिमको रुपमा चर्चित काबोसु नामक कुकुरको मृत्यु

‘डज’ मिमको रुपमा चर्चित काबोसु नामक कुकुरको मृत्यु

‘डज’मिमको रुपमा चर्चित काबोसु नामको कुकुरको मृत्यु भएको छ। काबोसुको लगभग १८ वर्षको उमेरमा मृत्यु भएको हो।

काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिमको माध्यमबाट चर्चामा रहेको थियो। काबोसुकै अनुहार क्रिप्टो मुद्रा ‘डज कोइन’ मा पनि थियो।

सन् २०१० मा काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

काबोसुको तस्विर एनएफटि डिजिटल नेटवर्कको पनि हिस्सा बन्यो। यसपछि, ‘डज कोइन’ क्रिप्टो मुद्रा सिर्जना भयो। यो अहिले आठौं ठूलो क्रिप्टो मुद्रा भएको छ।

‘डज कोइन’ क्रिप्टो मुद्राको बजार मूल्य करिब २३ अर्ब डलर छ। सोशल मिडिया प्लेटफर्मको मालिक एलोन मस्कले काबोसुको तस्वीरबाट एक्सको लोगो परिवर्तन गरेका थिए।