२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सिङ्गापुरमा ठगी आरोपमा २९० जना पक्राउ

सिङ्गापुरमा ठगी आरोपमा २९० जना पक्राउ

सिङ्गापुर प्रहरीले मे १० देखि मे २३ सम्म दुई सय ९० जना संदिग्ध व्यक्तिलाई घोटालाको आरोपमा पक्राउ गरेको छ ।

संदिग्धहरू जागिर घोटाला, लगानी घोटाला, फिसिङ घोटाला, ई–कमर्स घोटाला, इन्टरनेट प्रेम घोटाला र सरकारी अधिकारीको प्रतिरूपण घोटालाहरूसहित एक हजारभन्दा बढी मुद्दामा संलग्न थिए ।

पीडितहरूले ५० लाख सिङ्गापुर डलर (३७ लाख अमेरिकी डलर) गुमाएको प्रहरीले जनाएको छ । संदिग्धहरू ठगी, मनी लन्ड्रिङ, इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्न अनुसन्धानमा थिए ।