‘हामी नेपाली ग्लोबल’ पुग्यो विश्वको सर्वोच्च शिखरमा
- १२ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : नेपाल र नेपालीको सेवा गर्ने हेतुले सञ्चालित संस्था ‘हामी नेपाली ग्लोबल’ विश्वको सर्वोच्च शिखर सगरमाथामाको चुचुरोमा पुगेको छ।
अभिनेत्री छिरिङ शेर्पाले हामी नेपाली ग्लोबलको ब्यानर सगरमाथा शिखरमा पुर्याएकी हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले दिए।
जाति, धर्म र राजनिति भन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्न अमेरिकामा स्थापना भएर हाल विश्वभर पुग्न सफल हामी नेपाली ग्लोबल संस्थाको उनले चर्चा गरिन्। हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपाली र नेपाल आमाको सेवा गरिरहेकोले उच्च सम्मान व्यक्त गर्दै यसको ब्यानर विश्वको अग्लो शिखर सगरमाथामा लगेको उनले बताइन्।
मोडलिङ क्षेत्रमा क्रियाशील अभिनेत्री, मोडल तथा डान्सिङ स्टार नेपालको विजेता छिरिङ शेर्पा ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ भन्ने नारासहित यही मे १९ (२०८१ जेठ ६ गते) आइतबार बिहान ९ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन्।
छिरिङले विश्वको अग्लो शिखर सगरमाथाको आरोहण गर्नुको आफ्नो उद्देश्य कसैसँग प्रतिस्पर्धा गर्नु वा कीर्तिमान राख्नु नभएको बताइन्। उनले सगरमाथा आरोहणमा कटिबद्ध आरोही र आरोहणका क्रममा ज्यान गुमाएका शेर्पाहरूप्रति समर्पित रहेर आरोहण गरेकी उल्लेख गरिन्। साथै आफूले सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले शिखरमा पुग्नका लागि गर्नुपर्ने संघर्ष र जीवन मृत्युको त्यो क्षणलाई अनुभव गर्न पाएको बताइन्।
शेर्पा समुदायकी पहिलो अभिनेत्रीको रुपमा परिचित उनले सगरमाथा क्षेत्रको कालापत्थरमा नृत्य गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न पनि सफल भएकी छन्।
उनले शेर्पा भाषाको सिनेमा ‘तिन्छेन फामा’मा अभिनय गरेकी छन्। नेपाली भाषाको सिनेमा ‘कार्साङ’मा डेब्यु गर्दै छिन्।