१ असार २०८२, आइतवार
15 June 2025, Sunday

नेपाली कामदारले हालिन् बेलायती कम्पनीलाई भेदभावकाे मुद्दा

नेपाली कामदारले हालिन् बेलायती कम्पनीलाई भेदभावकाे मुद्दा

लन्डन- लन्डनमा कम तलब दिएकाे भन्दै एक नेपाली कामदारले एक संस्था विरुद्ध उजुरी दिएका छन्।

एक ब्रिटिस फर्ममा कम पारिश्रमिक दिएको र चिसो काराभानमा पाँच जना पुरुषहरूसँग सँगै बसालेकाे भन्दै नेपाली कामदार सपना पंगेनीले उक्त संस्था विरुद्ध उजुरी दिएकी हुन्। भेदभावको विषयमा यसरी मुद्दा हाल्नु एक राम्रो उदाहरण हुनसक्ने विज्ञहरुले बताएका छन्।

आप्रवासी कामदारहरूलाई कम पारिश्रमिक दिने रोजगारदाताहरूलाई भेदभावकाे मुद्दामा कडा कारबाही हुनसक्ने अनुमान विज्ञहरूले गरेका छन्। ३१ वर्षीया पंगेनीले बेलायती फार्म ईयू प्लान्ट्स लिमिटेड्मा राेजगारका लागि आवेदन दिएकी थिइन्। उक्त प्लान्ट्सले उनलाई कम पारिश्रमिक दिने गरेकाे र चिसो ठाउँमा पाँच जना पुरूषसँग साझेदारी गरेर बस्न आवास दिएकाे थियाे।

सपना र अन्य आप्रवासीले भेदभाव गरेकाे भन्दै आफ्नो रोजगार अधिकार लागू गर्न बेलायतकाे रोजगार न्यायाधिकरणमा जानकारी दिएका थिए। पंगेनीलाई  ईयू प्लान्ट्स लिमिटेडले छनोट गरेर रिडिङ नजिकैको फार्ममा स्ट्रबेरी र रास्पबेरी बिरुवाहरू प्याक गर्ने काममा नोभेम्बर २०२२ देखि जनवरी २०२३ सम्म नियुक्त गरेको थियो। तर, उनले कम पारिश्रमिक पाएको भन्दै दुई महिनापछि छोडिन्। पंगेनीले कम ज्याला र अप्रत्यक्ष भेदभावका दाबी सहित प्लान्ट्स विरुद्ध मुद्दा हालिन्।

उक्त मुद्दा साउथह्याम्प्टनको रोजगार न्यायाधिकरणमा हाल सुनुवाइ भइरहेको छ। पंगेनीले न्यायाधिकरणमा आफूलाई बस्नका लागि काराभान छुट्याएको बताइन्। कारभानमा पाँच जना पुरुषसँग बस्दा असहज महसुस भएकाे उनकाे भनाइ छ।

उनीहरुलाई काराभानमा हिटर दिइएको थिएन। उनले युके खाडी देशहरु भन्दा फरक नभएको र भुक्तानी गरिएको पैसा भन्दा कम पैसा दिने गुनासो गरिन्। पंगेनी नेपालबाट कामदार भिसामा बेलायत आएकी हुन्। प्रवासीहरूलाई शोषण गरेकाे भन्दै विज्ञहरूले चेतावनी पनि दिएका छन्।

बेलायतकाे काम गर्ने ठाउँमा अधिकारका लागि लड्दै आएकाे संस्थाकी प्रमुख डा. शर्मिला बोस भन्छिन् ,’कामदारहरूले आफ्नो अधिकारको दाबी गर्न नसक्दा तिनीहरूले फाइदा लिन्छन्, कामदारहरू आफ्नो भिसा स्थिति असहज हाेला भनेर डराउँछन्।’

शर्मिलाले सपनाको प्रतिनिधित्व गर्ने गरेकी छन्। सन २०२३ मा गृह कार्यालयले ३२ हजार ७०० मौसमी कामदारकाे लागि भिसा जारी गरेकाे थियाे। यस मुद्दाकाे थप सुनुवाइ जुन ४ देखि ६ सम्म हुनेछ।