१ असार २०८२, आइतवार
15 June 2025, Sunday

१० वर्षपछि कोलकातालाई आईपीएलको उपाधि

१० वर्षपछि कोलकातालाई आईपीएलको उपाधि

काठमाडौँ। सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनलमा कोलकाता ८ विकेटले विजयी भएको हो। कोलकाताको तेस्रो आईपीएल उपाधि हो।

पछिल्लोपटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स पञ्जाब ११ (पञ्जाब किंग्स)लाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलोपटक आईपीएल उपाधि जितेको थियो।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।