२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सगरमाथा आरोही फोटो पत्रकार श्रेष्ठलाई पञ्चेबाजासहित स्वागत

सगरमाथा आरोही फोटो पत्रकार  श्रेष्ठलाई पञ्चेबाजासहित स्वागत

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजाको टोलीले स्वागत गर्दै । उनले यो सिजनमा तीन पटक र  सन् २०१८ मा एक पटक गरी चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेकी छिन् ।

एउटैयाममा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रोपटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।