२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् ।

उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’

बलात्कार मुद्दामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी-२० विश्वकप खेल्न जान भने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् ।