९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्दै उत्तर कोरिया

सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्दै उत्तर कोरिया

प्योङयाङ । उत्तर कोरियाले सेनाको जासुसी गर्ने भूउपग्रह प्रक्षेपण गर्न लागेको छ । आगामी हप्ता सो भूउपग्रह प्रक्षेपण गरिने जानकारी उसले जापानलाई दिएको छ ।

यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह हुनेछ । दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोलमा पहिलो त्रिपक्षीय बैठकका लागि भेट्दै गर्दा सो जानकारी आएको हो । उत्तर कोरियाले सेटलाइट रकेटको प्रक्षेपणबारे जापानको तटीय सुरक्षालाई जानकारी दिएको छ ।

जापानको कोष्ट गार्डले समुद्री सुरक्षा जानकारी पूर्वी एसियामा समन्वय र प्रसार गर्ने भएकोले उत्तर कोरियाले जापानलाई प्रक्षेपणबारे जानकारी दिएको हो । अन्तरिक्षबाट निगरानी सञ्चालन बनाउन गएको नोभेम्बरमा उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुस भूउपग्रह प्रक्षेपण गरेको थियो ।

सो भूउपग्रह प्रक्षेपणपछि कोरियाली प्रायद्विपमा तनाव बढेको थियो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई कुनै पनि प्रकारका भूउपग्रह प्रक्षेपणमा बन्देज लगाएको छ ।