२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को प्रिमियर

न्युयोर्कमा ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को प्रिमियर

न्युयोर्क: नेपाली रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को प्रिमियर अमेरिकाको न्युयोर्कको टाइम्स स्क्वायरस्थित एएमसी थिएटरमा गरिएको छ। निर्माता तथा निर्देशक श्री गुरुङका अनुसार अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको शोको पहिलो एपिसोडलाई हलमा देखाइएको हो।

प्रिमियरमा नेपालसहित अमेरिका, भारत, थाइल्यान्ड, फिलिपिन्स र कोलम्बियाका युट्युबरहरूको उपस्थिति थियो। निर्देशक गुरुङले ६ जना युट्युबरलाई सगरमाथा क्षेत्रमा ल्याएर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने प्रभावका बारेमा विश्वालाई देखाउने चाहना रहेको बताए। प्रिमियर समारोहमा राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापासहित नेपाली समुदायको सहभागिता थिए।

उक्त शो अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको छ। निर्देशक गुरुङले १० डलर तिरेर शोका ८ एपिशोड हेर्न सकिने बताए। ‘अहिले हामी अमेरिकामा केन्द्रित छौं। विश्वका अन्य देशमा पनि प्रिमियर गर्ने सोँच बनाएका छौं,’ गुरुङले भने।