६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ मनाउँदै

अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ मनाउँदै

न्यूयोर्क : आज अल्बानीमा ‘नेपाली कम्युनिटी डे’मनाउँदै छन्। आज अर्थात मे २८ मा विधायिका कार्यालय भवन टेरेसको तेस्रो तल्लामा मनाइने भएको हो।

अल्बानीमा ‘नेपाली कम्युनिटी डे’ एउटा उत्सव मात्र होइन यो नेपाली समुदायका लागि अल्बानीसम्मको बलियो बाटो निर्माण गर्नु पनि हो। यो उत्सव मनाउनुको बलियो कारण नेपाली समुदायको उपस्थिति न्यूयोर्क राज्यका कानून निर्माणकर्ताहरुमाझ दर्शनीय र श्रवणीय बनाउनु पनि हो।

अल्बानीमा नेपाली सामुदायिक दिवस २०२४ कोमा उपस्थिति हुन राजेश भट्ट (७१८) ४०४-४५०१ सँग बस टिकटको लागि सम्पर्क गर्न सक्नुहुने छ।

बस युनाइटेड शेर्पा संघ (४१०१ ७५ औं सेन्ट, क्वीन्स, एनवाई ११३७३) बाट बिहान ६:०० मा प्रस्थान गर्नेछ र अल्बानीमा ९:०० बजे आइपुग्नेछ। फिर्ता यात्रा अल्बानीबाट बेलुकी ५ बजे हुनेछ र ८ बजे पुगिने जनाइएको छ। बसस्टपमा बिहान ५:४५ बजे बस आइपुग्न अनुरोध गरिएको छ।

कार पार्किङ र मुख्य कार्यक्रम सम्बन्धी निर्देशनहरूको लागि कृपया विष्णु राना मगरलाई (६४६) ६९६-५४९५ र सूर्य पौडेललाई +१ (५१६) ४५१-६०९९ मा सम्पर्क गर्नुहोस्।