पद्मा लिंखालाई डायस्पोरा गीतकार पुरस्कार
- १५ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : गीतकार पद्मा लिंखा मगरलाई डायस्पोरा गीतकार पुरस्कार प्रदान गरेको छ। विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुरयाए वापत अमेरीकाको न्यूयोर्क बसोबास गर्ने गीतकार पद्मालाई गीतकार संघ नेपालले पुरस्कृत गरेको हो।
उनलाई १५,०००/- नगद सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ। जेष्ठ १४ गते सोमबार सांस्कृतिक संस्थान जमल, काठमाण्डौमा १:३० मा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको संस्थामा महासचिव टिका राई (शिव) ले जानकारी दिए।
गीतकार सङ्घ नेपालले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय स्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रम गर्न लागेको हो। गीतकार सङ्घ नेपालले पद्मा लिंखा मगरलगायत अरु गीतकारहरुलाई पनि सम्मान गरिएको छ।
सङ्घले यस वर्ष अमर भावना राष्ट्रिय स्रष्टा सम्मान नेपाली गीत लेखनमा निरन्तर साधनारत प्रखर तथा अग्रज गीतकार डा. भोला रिजाललाई नगद रु.१,५१,०००/- नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको महासचिवले जनाए।
सङ्घले यस वर्ष विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान २०८० बाट मैथिली भाषाका गीतकार श्री अशोक दत्तज्यूलाई नगद रु. २५,२५२१- सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जनाइएको छ।
संघले यस वर्ष १० उत्कृष्ठ छनौट गरेका थिए। त्यस्तै तीन पुस्तक पनि छनौट गरेका छन्। छानिएका उपरोक्त उत्कृष्ट १० गीतहरु र ३ पुस्तकहरु मध्येबाट विशेष समितिले चयन गर्ने सर्वोत्कृष्ट गीत एवं पुस्तकलाई कार्यक्रम स्थलमा नै घोषणा गरी सर्वोत्कृष्ट गीतलाई रु.५७,००० (सन्ताउन्न हजार) र सर्वोत्कृष्ट पुस्तकलाई रु.५७,०००) (सन्ताउन्न हजार) नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ।