विश्वकप हेर्न श्रीमतीसहित अमेरिका उडे क्यान पदाधिकारी
- १६ जेष्ठ २०८१
- १ मिनेटको पढाई
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका उडेका छन्।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडेका हुन्। उनीहरू मंगलबार त्यसतर्फ गएका हुन्।
अध्यक्ष चन्द आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्।
विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। उनीहरूको यात्रा र अमेरिका बसाइको खर्च पनि आईसीसीले नै व्यहोर्छ।
आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो।
क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन्। नेपाली टिम झण्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए।
यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन्। विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्तिहरु पनि जाने तयारीमा रहेको बुझिएको छ।