२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

क्यानले भन्यो-सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन

क्यानले भन्यो-सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै सन्दिपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको जानकारी दिएका हुन्।