२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

हङ्गरी दोस्रो विश्वयुद्ध जस्तै युद्धमा तानिएको छ– ओर्बन

हङ्गरी दोस्रो विश्वयुद्ध जस्तै युद्धमा तानिएको छ– ओर्बन

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले शुक्रबार नाटोमाथि आफ्नो मुलुकलाई युद्धमा ‘तानेको’ आरोप लगाएका छन् । उनले यसको तुलना एडल्फ हिटलरले दोस्रो विश्वयुद्धमा सामेल हुन दिएको दबाबसँग गरे ।

रुसको आक्रमणविरुद्ध लड्न सहयोग गर्नका लागि किएभलाई हतियार पठाउन उनले अस्वीकार गरेकामा ओर्बनले पश्चिमी मुलुकहरूको कडा आलोचना गरेका छन् । यसको सट्टा उनले मस्कोको शान्ति वार्ताको वकालत गरेका छन् ।

युक्रेनमा रुसी आक्रमणपछि क्रेमलिनसँग घनिष्ठ सम्बन्ध बनाउने प्रधानमन्त्री ओर्बन युरोपेली सङ्घ (इयु) का एक मात्र नेता हुन् । ९ जुनमा इयुको निर्वाचनअघि प्रधानमन्त्री ओर्बनले ब्रसेल्स र नाटोमाथि आफ्नो हमलालाई अझ आक्रामक बनाएका छन् । उनले ब्रसेल्स र नाटोमाथि युक्रेनमा युद्धलाई समर्थन बढाएको आरोप लगाएका छन् ।

‘नाटोले हाम्रो रक्षा गर्नुको साटो एक सदस्य देशका रूपमा हामीलाई युद्धमा तानिरहेको छ’, ओर्बनले सरकारी रेडियोमा भने, ‘विवादका कारण मैले हिटलर र हङ्गेरीको दोस्रो विश्वयुद्ध युगका नेता मिकलोस होर्थीबीच कुराकानीको लिखित रेकर्ड पुनः अवलोकन गरेँ ।’

सन् १९२० देखि सन् १९४४ सम्म हङ्गेरीमा शासन गर्ने तानाशाह होर्थीले यहुदीविरोधी कानून पारित गरेर हङ्गेरीका लाखौँ यहुदीहरूलाई नाजी मृत्यु शिविरमा पठाएका थिए ।